Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस रूपान्तरण अभियानले भन्यो - भ्रष्टाचार काण्ड अनुसन्धान गरेका प्रहरी सरुवाले छानबिनमा आशंका जन्मायो

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियान सञ्चालन गरिरहेका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन् ।

कांग्रेस नेताको समूहले प्रहरी अधिकारीलाई अस्वाभाविक रुपबाट सरुवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको बताएका हुन्।

भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको उनीहरुले विज्ञप्ति मार्फत जनाएका छन् ।

नेताहरूले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक ढंगबाट सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ, यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन।’

कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, डा.गोविन्दराज पोखरेल, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरतबहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर नागरिक तहमै गम्भीर प्रश्न उठेपनि यो आशंका मात्र हो भनेर राज्य पन्छिन नमिल्ने तर्क गरे।

मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेपछि उनीहरुले आपत्ति जनाएका हुन्।

भ्रष्टाचारका घटनाहरुको छानबिनमा कुनै प्रकारको नेतागत वा पार्टीगत लेनदेन, साँठगाँठ वा पक्षधरता मान्य नहुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077