Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओलीको आरोप – कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव हुन्

    एमाले अध्यक्ष ओलीको आरोप – कोशीमा उत्पात मच्चाउने प्रचण्ड र माधव हुन्

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा प्रचण्ड र माधव नेपालले साढे जुधाए झैँ जनतालाई जुधाइरहेको आरोप लगाएका छन् ।

    भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताए ।



    अध्यक्ष ओलीले भने,‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् । साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन् ।’

    अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार