Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गिरिबन्धु टी-स्टेटमा ललिता निवासभन्दा ठूलो घोटाला भएको छ : राजन केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजन केसीले ललितानिवासभन्दा ठूलो घोटाला गिरिबन्धुमा भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले यस्तो दाबी गरेका हुन् । सांसद केसीले भ्रष्टाचारको फाइल खोल्न शुरू भएको समयमा गिरिबन्धु, वाइडबडी र गोकर्ण रिसोर्टको सम्झौतासम्म पुगेर छानबिन गर्न माग गरे ।

सांसद केसीले भने,‘गिरिबन्धु टी–स्टेटको नाममा झापाको ५ सय बिघा बहुमूल्य जग्गा दुर्गम एरियामा सट्टा भर्ना गरेर दोहन गर्न मिल्छ रु त्यसमा छानबिन गर्न मिल्ने होइन रु १० हजार कठ्ठाको गिरिबन्धुको तुलनामा ललितानिवास केही होइन, त्यहाँ खर्बौं घोटाला भएको छ, छानबिन गर्नुपर्छ कि पर्दैन?’

केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार रहेका बेला गिरिबन्धु टी-स्टेटको जग्गा सट्टाभर्नाको काम भएको थियो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले हिजो मात्र गिरिबन्धु टी-स्टेटको छानबिन जरुरी नभएको बताएका थिए ।

सांसद केसीले प्रतिपक्षले मुलुकलाई सधैं बन्धक बनाउने काम गरिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077