Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्पर विजयी भएका छन् ।

आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले नटिङ्घम फरेष्टलाई ३–२ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि २–० को जित निकाल्यो ।

शनिबार राती भएको अर्को खेलमा आर्सनल र फुल्हमले २–२ गोलको बराबरीमा खेले । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले ब्राइटनलाई ३–१ ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनमाथि १–० को जित निकाल्यो ।

ब्रेन्टफोर्ड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । प्रिमियर लिगमा आइतबार तिन खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077