Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

एजेन्सी । अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेका छन् ।

फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका हुन् । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।

गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ ।

दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077