Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

    फ्लोरिडामा तीन अश्वेत व्यक्तिको गोली हानेर हत्या

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेका छन् ।

    फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका हुन् । मुखमा मास्क लगाएर गोली चलाउने व्यक्ति २० वर्षका थिए ।



    गोली चलाउनका कारण नखुलेको तर गोली लाग्ने तीनै जना व्यक्ति अश्वेत वर्णका रहेकाले जातीय भेदभाव कारण हुन सक्ने फ्लोरिडाको प्रहरीले जनाएको छ ।

    दुई जना पुरुष र एक महिलामाथि गोली चलाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । लगत्तै उनले आफैँमाथि गोली चलाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार