Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका ११ कपनमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी टोखा नगरपालिका १ झोरस्थित एक टहरामा कौडा खेलिरहेको अवस्थामा १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित १३ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077