Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरण : तीनजना मुख्य योजनाकारविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार तीन जनाको फेरि बयान लिइने भएको छ ।

मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू भएको हो ।

साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका थिए । भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख रुपैयाँ लिएको जाहेरीमा उल्लेख छ ।

जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि साउन २६ गते जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।
त्यही दिनदेखि नै अनुसन्धान अगाडि बढाइएको हो । जाहेरी दिएका १८ जनामध्ये ४ जनाको बयान लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077