Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस अनुशासन समितिको कार्यविधि संशोधनसहित पारित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ ।

आइतबार अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले कार्यविधि संशोधनसहित पारित गरेको हो ।

बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम के।सी।लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

समितिको अर्को बैठक सोमबार बिहान ८ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077