Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक यातायातमा पाकेट मार्ने ५ जना पक्राउ, २५ हजार बरामद

काठमाडौं । सार्वजनिक यातायातमा पाकेटमारी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

भक्तपुर–कंलकी रुटमा चल्ने बा३ख २४४४ नम्बरको क्षेत्रिय यातायातमा पाकेट मारेको ओरापमा उनीहरू पक्राउ परेका हुन् ।

भक्तपुरदेखि कलंकीसम्म चल्ने उक्त बसमा रौतहट घर भइ हाल जडिबुटी बस्ने ३५ वर्षीय इनरजित साह र २५ वर्षका शिवपुजन साहलगायतलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

इनरजितको साथबाट १५ हजार तथा शिवपुजनको साथबाट १० हजार रुपैयाँ पाकेट मोरको पैसा पाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाउनासाथ प्रहरी बित्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जनालाई रकमसहित नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077