Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कारबाही सिफारिस भएका वाग्लेलाई देउवाले बनाए अनुशासन समिति सदस्य

काठमाडौं । अन्तर्घातमा कारबाही सिफारिस भएका नेपाली कांग्रेसका नेता ध्रुव वाग्लेलाई सभापति शेरबहादुर देउवाले अनुशासन समितिको सदस्य बनाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको प्रमाणसहित कारवाहीको सिफारिश गरेको नेता वाग्लेलाई नै सभापति देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा सदस्यमा राखेका हुन् ।

तनहुँको व्यास नगरपालिका ५ कांग्रेस समितिले केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित ६ जनालाई स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।

अन्तर्घात गरेको आरोपमा कारबाहीका लागि सिफारिसमा परेका केन्द्रीय सदस्य वाग्लेलाई सभापति देउवाले केन्द्रीय अनुशासन समिति सदस्यमा गत भदौ ५ गते मनोनीत गरेका थिए।

अनुशासनका कारबाहीका लागि सिफारिसमा परेकालाई सभापतिले उल्टै अनुशासन समितिमा मनोनीत गरेकोले यो समितिको औचित्यमाथि नै प्रश्न उठेको कांग्रेसका नेताहरू बताउँछन्।

वाग्लेको वडामा सधै काँग्रेसले वडा तहको निर्वाचन जित्ने गरे पनि उनकै असहयोगले काँग्रेसका वडाध्यक्षका उम्मेदवार यज्ञ खनाल पराजित भएका थिए भने एमालेका हिमाल श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077