Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

काठमाडौं । नेपाल सरकारको रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि तीनजना सहसचिवको नाम सिफारिस भएको छ ।

सिंहदरबारमा सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाािण्ज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् । तीनजनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077