Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

आज अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको हो ।

घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवत्रय दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077