Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मलेसियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं। महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो ।

८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन जोड्यो ।

नेपालको जितमा कविता जोशीले निर्णायक प्रदर्शन गरिन्। कविताको १७- १९ औँ ओभरमा मलेसियाले २/२ विकेट गुमाएको थियो।

मलेसियालाई अन्तिम ५ ओभरमा २० रन मात्र आवश्यक थियो भने ७ विकेट साथमा रहेको थियो। नेपालका लागि कविता जोशी र कविता कुँवरले २/२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ८४ रन मात्र जोड्यो। नेपालका लागि सीता राना मगरले ३८ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्।

यस्तै अप्सरी बेगमले १७ रनको योगदान गरिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा मलेसियाकी अइना हमिजाहले २ विकेट लिइन्। अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077