Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ ।

साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका केही स्थानमा, मधेस, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077