Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक किलो सुनसहित रसुवाबाट महिला पक्राउ

    एक किलो सुनसहित रसुवाबाट महिला पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 2.2K
    SHARES

    संकेतिक तस्विर

    रसुवा । रसुवा प्रहरीले एक किलो सुनसहित रसुवाबाट एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गोसाइकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेम तामाङ रहेकी छन्।



    तामाङलाई प्रहरीले ​गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट शनिबार दिउँसो पक्राउ गरेको हो।



    इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई पक्राउ गरेको थियो ।

    जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको सुन फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार