Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको छ

झापा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा ठूलो छटपटी र आक्रोश रहेको बताएका छन् ।

शनिबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताए ।

महामन्त्री थापाले भने, ‘जनतामा ठूलो छटपटी छ, आक्रोश छ । जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफूलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्न सक्छ भन्ने साबित गर्नुपर्ने बेला आएको छ ।’

उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।

महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पारे।

प्रमुख दलका नेताहरूले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत महामन्त्री थापाको आरोप छ। नेपालमा सरकार वा प्रधानमन्त्री बदलिए पनि संसारलाई हेर्ने दृष्टिकोण नबदलियोस् होस् भन्ने आफूहरुले चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077