Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । अदालतले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

प्राधिकरणले कारबाहीको निर्णय गरेपछि सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

उच्च अदालतले प्राधिकरण र प्राधिकबरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमै गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गरेको छ ।

साथै इजलासले नागरिक उड्डयन प्राधिकरणलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077