Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।

बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको हो ।

सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

इन्जिनमा आगो लागेर पुच्छर खसेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077