Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • विश्वकपका लागि भारतको १५ सदस्यीय टोली घोषणा

    विश्वकपका लागि भारतको १५ सदस्यीय टोली घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले एकदिवसीय विश्वकपका लागि टिम घोषणा गरेको छ ।

    घरेलु मैदानमा हुने विश्वकपका लागि भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।



    टीममा विकेट किपर ब्याट्सम्यान केएल राहुलले स्थान बनाएका छन् भने एसिया कप खेल्ने श्रीलंकामा रहेका तिलक वर्मा, प्रशिद्ध कृष्ण र सन्जु सामसन छुटेका छन् ।



    राहुलले यस महिनाको मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । सार्दुल ठाकुर र केएल राहुलले टिममा स्थान बनाएका छन् ।

    चोटका कारण केएल राहुल टिममा पर्नेमा शंका थियो । खेलाडी चयन समितिका अध्यक्ष अजीत अगरकरले श्रीलंका पुगेर प्रशिक्षक राहुल द्रबिड र कप्तान रोहित शर्मासँग बैठक गरेपछि टिम घोषणा गरिएको हो ।

    भारतीय टिम :

    रोहित शर्मा(कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसान, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार