Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मधेश प्रदेश सांसद सिंहलाई थुनामा राख्न अदालतको आदेश

    मधेश प्रदेश सांसद सिंहलाई थुनामा राख्न अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 846
    SHARES

    सप्तरी । सप्तरी जिल्ला अदालतले सप्तरीबाट निर्वाचित प्रदेशसभा सांसद अनिरुद्धकुमार सिंहलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराजबाट पक्राउ गरेको थियो ।



    बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो । आदेशलगत्तै उनलाई थुनामा लगिएको छ । १६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो ।



    मृतककी दिदी रिताकुमारी चौधरीले ०६४ असार १४ गते सिंहसहित ९ जनाको नाममा किटानी जाहेरी दिएकी थिइन् ।

    चौधरीको हत्या मुद्दामा उनलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

    दोषी ठहर भएको अवस्थामा पनि यादव स्वतन्त्रबाट चुनाव लडेर प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार