Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ ।

काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सहमहामन्त्री यादवमाथि खुकुरी हानेको आरोपमा नुवाकोटाको विदुर नगरपालिका घर भएका सुशीलबाबु सापकोटालाई पक्राउ गरेको छ ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि सापकोटाले आक्रमण गरेका थिए ।

आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।

उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077