Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ ।

    काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि धारिलो हतियारले आक्रमण भएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंले सहमहामन्त्री यादवमाथि खुकुरी हानेको आरोपमा नुवाकोटाको विदुर नगरपालिका घर भएका सुशीलबाबु सापकोटालाई पक्राउ गरेको छ ।



    यादव कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि सापकोटाले आक्रमण गरेका थिए ।

    आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।

    उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् खुलिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार