Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • एमालेभित्र ठूलो पहिरो जाने झलनाथ खनालको दाबी

    एमालेभित्र ठूलो पहिरो जाने झलनाथ खनालको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेभित्र पहिरो जाने थालेको दाबी गरेका छन् ।

    पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै नेता खनालले यस्तो दाबी गरेका हुन् । नेता खनालले आफूहरु सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरुका बादल फाटेर जाने बताए ।



    नेता खनालले भने,‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् । तर, हामीले यही मञ्जबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । अब एमालेभित्र पहिरो जाँदैछ ।’



    उनले एमालेसँगको मतभिन्तालाई प्रष्टसँग देख्नुपर्ने बताएका छन् । नेता खनालले एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

    उनले जबजले कम्युनिष्ट पार्टीको नेतृत्व र मार्क्सवाद लेलिनवादको मार्गदर्शन छाड्ने टिप्पणी गरे। आफूहरू समाजवादको बाटोमा रहेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार