Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले जनआन्दोलनका पीडितसँग माफी माग्नुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले यस्तो बताएका हुन् ।

जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर-घरमा पुगेर माफी माग्नुपर्ने उनको भनाइ थियो।

व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनले बताए। नेता गौतमले जनयुद्ध कालमा केही राम्रा काम भए पनि अत्यन्त नराम्रा काम समेत भएको बताए ।

नेता गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर माओवादी केन्द्रमा जान नसक्ने बताए।

नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077