Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खुकुरी प्रहारबाट घाइते कांग्रेस नेता यादव आईसीयूमा, अवस्था स्थिर

काठमाडौं । खुकुरी प्रहारबाट घाइते नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादव राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा भर्ना भएका छन् ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी दिएका हुन् ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ ५ः३० बजे विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिए । अस्पतालका अनुसार हाल उनको अप्रेसन गरी घाउमा टाँका लगाइएको छ भने अवस्था स्थिर छ ।

टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको अस्पतालले जनाएको छ।

टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077