Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तान–अफगानिस्तान सीमामा गोली हानाहान, तोरखाम नाका बन्द

एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमामा गोली हानाहान भएको छ । तोरखाम नाकामा गोली चलेको आवाज सुनिएपछि मानिसहरु भागेका हुन् ।

समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै उक्त समाचार दिएको हो।

गोली हानाहान भएपछि तोरखाम नाका बन्द गरिएको समाचार एजेन्सी रोयटर्सले पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले नाम नछाप्ने सर्तमा तालिवान र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको तर कसैको मृत्यु नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077