Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देवीदेवताका थान नै गरिबको ‘न्यायालय’

    देवीदेवताका थान नै गरिबको ‘न्यायालय’

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 669
    SHARES

    कालिकोट । अड्डा अदालतमा धेरैजसो टाठाबाठा मात्र जान्छन्, गरिबको न्यायालय त देवीदेवताका थान हुन् । यो भनाइ रास्कोट नगरपालिका–२ का ६२ वर्षीय गोरे सार्कीको हो । उनले थपे, ‘बिना पैसामै जतिबेला पनि भाकल र वर माग्न सकिने गाउँघरकै देवीदेवताका थान हामी जस्ताका लागि न्यायालय हुन् ।’

    गाउँमा केही घटना होस् वा वादविवाद, जे जस्ता विवाद निम्तिए पनि गाउँकै देवीदेवताका मठमन्दिरकै थानका घण्टमा कसम खाएर छोएपछि सत्य त्यहीबाट आउँछ भन्ने जनविश्वास यहाँ रही आएको छ । गोरे सार्की मात्र हैनन् यहाँका ग्रामीण क्षेत्रका नागरिक अझै पनि देवीदेवताकै विश्वास मान्दै आएका छन् ।



    सोही गाउँकै नन्दाराम तिमिल्सेना भन्छन्, ‘मुद्दा मामिला भनेको त हुने खानेका लागि मात्र रहेछ । हामी जस्ता निमुखाका लागि न्यायालय छैनन् । पैसा जसले पेल्यो, उसैका लागि न्याय छ यो देशमा । गाउँका सोझासाझा मान्छेका लागि त यिनै देवीदेवता छन् ।’ न्यायका लागि अदातल पुग्न नसक्ने ग्रामीण क्षेत्रका बासिन्दा भाकलसहित देवताको थान (मन्दिर) पुग्ने गरेको सामाजिक अगुवा दीपक तिमिल्सेना बताउँछन् ।



    गाउँमा हुने सानातिना चोरी, जग्गाका साँध सिमाना, गाली बेइज्जती, थिचोमिचो र कुटपिटका घटनामा न्याय माग्दै स्थानीयले देवीदेवतालाई भाकल गर्ने चलन यहाँ सामान्य रहिआएको छ ।

    स्थानीयले देवीदेवताको मन्दिरमा भाकल गर्न नयाँ कपडा लगाउने गरेका छन् । ‘बरु दसैं तिहारमा नयाँ लुगा लगाउने चलन छैन,’ बडिमालिका माईका पुजारी कृष्णप्रसाद धमलाले भने, ‘देवीदेवताको पैठमा नयाँ लुगा लगाउनुपर्र्ने चलन रहिआएको छ ।’

    देवीदेवताप्रति बढी विश्वास विपन्न र आर्थिकरूपमा कमजोर व्यक्तिको छ । राजधानी दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार