Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा आजलाई तोकिएको पेशी स्थगित भएको छ ।

थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी,टेक नारायण पाण्डे,सानु भण्डारी,आङदावा शेर्पा,डा।इन्द्रजित राई,हरिभक्त महर्जन,लक्ष्मी महर्जन,सन्देश शर्मा,शम्शेर मिया र गोविन्द चौधरीलगायत २० जनाले रिट दायर गरेका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध केसी र पाण्डेले साउन १२ गते र बाँकीले साउन १७ गते उच्चमा रिट दायर गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड,पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन्। हाल उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077