Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयलाई संसदीय समितिको निर्देशन - चिनियाँ राजदूतलाई सचेत गराउनू

काठमाडौं । चिनियाँ राजदूतले दिएको अभिव्यक्तिका सम्बन्धमा सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूत छन सङले नेपाल भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका बारेमा सचेत गराउन निर्देशन दिएको हो।

समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो । बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए ।

बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए । परराष्ट्रमन्त्री साउदले आफू काठमाडौं बाहिर रहेकाले यस विषयमा पर्याप्त जानकारी नभएको जवाफ दिएका थिए ।

चिनियाँ राजदूत छनले गत शनिबार फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज नामक संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा भारत र नेपालको व्यापार सम्बन्धमाथि नकरात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077