Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजनीतिक परिवर्तनमा कर्मचारीको भूमिका प्रशंसायोग्य छ : प्रधानमन्त्री प्रचण्ड

    राजनीतिक परिवर्तनमा कर्मचारीको भूमिका प्रशंसायोग्य छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनमा कर्मचारीको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् ।

    शुक्रबार २० औं निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले मुलुकको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण, सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्‍याएको योगदानको तारिफ गरे ।



    May be an image of 6 people, dais and text that says 'व्यावसायिक र सिर्जनशील प्रशामन विकास, समृद्धि र सुशासन' 20 औ जाव स'

    सामाजिक न्याय, सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पठाउने निर्णय गरिसकेकोले दलहरूको सहमतिबाट संसदले उक्त विधेयक यथाशक्य छिटो पारित गर्नेमा प्रधानमन्त्रीको विश्वास छ ।

    May be an image of 12 people, suit and text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार