Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृह मन्त्रालयका १० अधिकारीहरुको सरुवा, चार जिल्लाका सिडिओ हेरफेर

    गृह मन्त्रालयका १० अधिकारीहरुको सरुवा, चार जिल्लाका सिडिओ हेरफेर

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० अधिकारीहरुको सरुवा गरेको हो ।

    उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सिडिओमा खटाइएको छ।



    ओखलढुंगामा सिडिओमा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको सहायक सिडिओमा सरुवा गरिएको छ ।



    त्यस्तै, उपसचिव झरेन्द्र चापागाईंलाई मकवानपुरको सहायक सिडिओ, नेत्रप्रसाद आचार्यलाई इप्रका चन्द्रनिगाहपुर, ज्ञाननाथ ढकाललाई इप्रका फर्पिङमा सरुवा भएको छ।

    उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार