Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आर्यघाटबाट फर्किएपछि ओलीले पल्टाए ८ वर्षअघिको त्यो डायरी, भन्छन् – …नत्र देश बर्बाद हुन्थ्यो

    आर्यघाटबाट फर्किएपछि ओलीले पल्टाए ८ वर्षअघिको त्यो डायरी, भन्छन् – …नत्र देश बर्बाद हुन्थ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 789
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने बेलामा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले खेलेको भूमिकाबारे स्मरण गरेका छन् । नेम्वाङलाई अन्तिम बिदाइ गरेर फर्किएका ओलीले सामाजिक सञ्जालमार्फत २०७२ मा संविधानसभाको अध्यक्ष रहेका नेम्वाङको अडान र सक्रियताकै कारण संविधान जारी गर्न सम्भव भएको बताएका हुन् ।

    संविधान जारी हुने कि नहुने भन्ने अन्योलताका बीच नेम्वाङमा त्यतिबेला निकै छटपटीपन आफूले पाएको ओलीले बताए ।
    ‘प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएँ’, ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘त्यस कठीन बेलाको दृश्य आँखा अगाडि आयो ।



    नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौं । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समुहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए ।’



    नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा रहन नदिने एउटा प्रहार त्यतिबेला खेपेको ओलीको स्मरण छ । संविधानसभाका सधैं शान्त रुपमा प्रस्तुत हुने नेम्वाङ त्यो दिन कडा रुपमा प्रस्तुत भएको ओलीले स्मरण गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार