Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • एसियाडमा सहभागी नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ, भन्छन् – राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छु

    एसियाडमा सहभागी नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाइ, भन्छन् – राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिँदै नेपाली टोलीलाई बिदाइ गरेका हुन् । उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले घोषित पुरस्कार रकम निकासा गर्ने उल्लेख गरे।

    खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले आफूलाई जानकारी भएसम्म चीनमा खेलाडीका लागि राम्रो व्यवस्थापन भइसकेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरूले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ, म आफूसमेत उद्घाटनमा सहभागी हुनेछु। मेरा लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ।’

    प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटन अघि चीन पुग्ने कार्यक्रम रहेको छ। चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता यही असोज ६ देखि २१ गतेसम्म हुनेछ। यसपटकको एसियाली खेलकुदमा नेपालका तर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीको सहभागिता रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार