Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

    प्रधानमन्त्रीले प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 969
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।



    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन् ।



    त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यस्तै प्रधानमन्त्री दाहाल एसियन गेममा सहभागी हुन अमेरिकाबाट चीन जानेछन् ।

    चीनमा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङलगायतसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार