Online Nepal
  • शनिबार, १० साउन २०८२
  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री प्रचण्ड

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । उनी शनिबार साँझ ६ बजे संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।



    यस्तै अमेरिकामा रहँदा उनेले राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने जलपान कार्यक्रममा समेत सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट असोज ५ गते सीधै चीन जाने कार्यतालिका छ ।

    भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने प्रधानमन्त्री प्रचण्डले शुक्रबारको संसद् बैठकमा आफ्नो भ्रमणबारे जानकारी गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार