Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति महामन्त्री थापाको असन्तुष्टि

    प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति महामन्त्री थापाको असन्तुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 918
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री प्रचण्डले बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले बालिका मृत्यु प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा थापाले असन्तुष्टि जनाए। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले उक्त घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए।

    थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसदमा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे ।

    उनले सो घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। यस्तै हेटौँडाको सञ्चो अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग उनले माग गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार