Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ तर इमानको राजनीति गर्छु : केपी ओली

    म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ तर इमानको राजनीति गर्छु : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब्बल राजनीतिज्ञ नयाँ पिढीबाट जन्मनुपर्ने बताएका छन्।

    भक्तपुरमा आयोजित बासँग विद्यार्थीसँग कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले आफूलाई अब्बल राजनीतिज्ञ नठानेको बताए।



    अध्यक्ष ओलीले भने,‘म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिनँ। पूर्व प्रधानमन्त्री चाहिँ भएकै हो। अब्बल राजनीतिज्ञ अब तपाईंहरुबाट जन्मिनुपर्छ नयाँ पिढीबाट जन्मनुपर्छ। हाम्रो पिढी भन्दा तपाईंहरु बढी देशभक्त, विकासप्रेमी र क्रियाशित र सफल नेताका रुपमा तपाईंहरु आउनुपर्छ।’



    अध्यक्ष ओलीले आफ्ना केही असफलताका कारण नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसकिरहेको बताए । नेपाललाई साच्चैको सार्वभौम, स्वतन्त्र र स्वाभिमान बनाउनु नयाँ पिढी नै आवश्यक रहेको बताए ।

    अध्यक्ष ओलीले अब्बल राजनीतिज्ञ बन्न नसकेपछि आफू इमानको साथ काम गर्ने र इमान्दार प्रयास गर्ने बताए। ओलीले भने राष्ट्रको सम्पत्ति आफ्नो बनाउन नहुने मान्यता राख्ने बताए । ओलीले बालबालिका अनुहारमा देशभरीका युवाको आत्मविश्वास देखिरहेको धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार