Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

निष्ठा छाडेर बीपीको विचारलाई पूजा गर्नु उनीमाथिकै अन्याय : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय भएको बताएका छन् ।

बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताएका हुन् ।

महामन्त्री थापाले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए ।

उनले 'महामानव' भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरे जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हुने बताएका थिए ।

बीपीले आफूलाई मानव झैं व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको पनि महामन्त्री थापाले स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077