Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • म अझै २० वर्ष सक्रिय रहन्छु, बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्छु : अध्यक्ष ओली

    म अझै २० वर्ष सक्रिय रहन्छु, बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्छु : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 936
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन् । शनिवार भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे । आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग उनले बताए ।



    त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेकोसमेत उनको भनाई छ । बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको अध्यक्ष ओलीले बताए ।



    ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार