Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सरकारले क्विन्टलका क्विन्टल सुन तस्करी गर्‍यो : अध्यक्ष ओली

    सरकारले क्विन्टलका क्विन्टल सुन तस्करी गर्‍यो : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 945
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।



    उनले आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको आरोप लगाए । सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको उनको भनाई छ ।



    उनले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउन २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश पोखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार