Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसक्दा लक्ष्य अनुसार राजश्व उठेन : अध्यक्ष ओली

    सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसक्दा लक्ष्य अनुसार राजश्व उठेन : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 981
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् ।

    राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन् ।



    उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाए । ओलीले खसी, बोकालगायतका वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेकोसमेत बताए ।



    अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबीसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार