Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका र इरानबीच कैदी साटासाट, ६ अर्ब अमेरिकी डलर निकासा

एजेन्सी । अमेरिका र इरानले एक सम्झौताअन्तर्गत पाँच कैदी रिहा गर्ने भएका छन् ।

दक्षिण कोरियामा फ्रिज गरिएको करिब ६ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति हस्तान्तरण गर्ने सर्तमा दुई देशबीच कैदी साटासाट सम्झौता भएको हो ।

अगस्ट १० मा सार्वजनिक भएको यो सम्झौताले वाशिंगटन र तेहरानबीचको ठूलो झमेलालाई हटाउने ठानिएको छ । इरानी अधिकारीहरूले अमेरिकाले रिहा गर्ने आफ्ना पाँच नागरिकको नाम सार्वजनिक गरेका छन् ।

इरानको केन्द्रीय बैंकका प्रमुख मोहम्मद रेजा फरजिनले स्विट्जरल्यान्डबाट कतारमा करिब ६ अर्ब डलर हस्तान्तरण भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077