Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • अमेरिका र इरानबीच कैदी साटासाट, ६ अर्ब अमेरिकी डलर निकासा

    अमेरिका र इरानबीच कैदी साटासाट, ६ अर्ब अमेरिकी डलर निकासा

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 2.1K
    SHARES

    एजेन्सी । अमेरिका र इरानले एक सम्झौताअन्तर्गत पाँच कैदी रिहा गर्ने भएका छन् ।

    दक्षिण कोरियामा फ्रिज गरिएको करिब ६ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति हस्तान्तरण गर्ने सर्तमा दुई देशबीच कैदी साटासाट सम्झौता भएको हो ।



    अगस्ट १० मा सार्वजनिक भएको यो सम्झौताले वाशिंगटन र तेहरानबीचको ठूलो झमेलालाई हटाउने ठानिएको छ । इरानी अधिकारीहरूले अमेरिकाले रिहा गर्ने आफ्ना पाँच नागरिकको नाम सार्वजनिक गरेका छन् ।

    इरानको केन्द्रीय बैंकका प्रमुख मोहम्मद रेजा फरजिनले स्विट्जरल्यान्डबाट कतारमा करिब ६ अर्ब डलर हस्तान्तरण भइसकेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार