Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दीपशिखाबारे कोरियास्थित नेपाली दूतावासले भन्यो - समस्या समाधान हुने क्रममा छ

काडमाडौं । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’को बारेमा मुख खोलेको छ ।

डाक्टरको प्रेस्किप्सन बिनाको औषधी बोकेर दक्षिण कोरिया गएका दीपशिखा एक महिनादेखि अनुसन्धानमा परेका थिए। मंगलबार आज एक प्रेस नोट जारी गर्दै दूतावासले ‘दीपशिखा’ कोरियामै रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ।

दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी ज्योतिले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन। इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए।

राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो। उनमाथिको अनुसन्धान अझै सकिएको छैन। अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077