Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077