Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको दाबी - नेपाल राष्ट्रिय लक्ष्य सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको राष्ट्रिय लक्ष्य सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघ (यूएन) को ७८ औं महासभामा सहभागि हुन पुगेका अतिकम विकसित मुलुक (एलडीसी) का अध्यक्षसमेत रहेका प्रचण्डले बुधबार यूएन मुख्यालयमा भएको ‘क्लाइमेट एम्बिसन समिट’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नपेरिस सम्झौतालाई पालना गर्न नेपाल प्रतिबद्ध रहेको बताए । पेरिस सम्झौताको मुख्य उद्देश्य पृथ्वीमा बढ्दो तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने हो ।

त्यसका लागि सदस्य मुलुकहरूले कार्बन उत्सर्जनलाई हटाउँदै जाने हो । यस्तै एलडीसीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एलडीसीले जलवायु परिवर्तनको असर भोगिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077