Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

करोडौं ठगीको आरोपमा ‘विस म्यानपावर’को लाइसेन्स खारेज

काठमाडौं । वैदेशिक रोजगार विभागले करोडौं रूपैयाँ ठगी गरेको भन्दै एक मेनपावर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

विभागले ४३ जनासँग तीन करोड ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर कम्पनी विस एचआर सेलुसनको लाइसेन्स खारेज गरेको हो ।

उक्त मेनपावरले पोल्याण्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ ठगी गरेको थियो ।

विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम त्यस रकमको हर्जाना, बिगो र सोको ५० प्रतिशतले हुन भराइ पाउनुपर्ने मागदाबी लिई न्यायाधिकरणसमक्ष अभियोगपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077