Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षकले फूलका बोट माडेपछि मेयर बालेनले सम्झिए देवकोटाको कविता

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कविता लेखेका छन् ।

शिक्षकले फूलका बोट माडेपछि मेयर बालेनले सञ्जालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखेका हुन् ।

सरकारले ल्याएको शिक्षा विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै यतिबेला नेपाल शिक्षक महासंघ राजधानीकेन्द्रित आन्दोलनमा छ । माइतीघर मण्डलामा भेला भएर शिक्षकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका छन् ।

सो क्रममा सडक किनारामा रोपिएका रुख, फूलका बोट र दुबोको बेहाल भएको छ । कतिपय ठाउँमा रुखका हाँगा भएका छन् भने फूल र दुबो सखाप भएको छ ।

यसलाई लिएर काठमाडौं महानरपालिकाका मेयर बालेनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नटिप्नु हेर कोपिला’को केही अंश सामाजिक सञ्जालमा राखेर व्यंग्य गरेका छन्।

तस्वीर शेयर गर्दै मेयर बालेनले लेखेका छन् ,‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ।’

शिक्षकले पढाइ नै ठप्प गरेर आन्दोलन गरेको भन्दै यसअघि मेयर बालेनले काठमाडौं महानगर क्षेत्रभित्रका शिक्षकलाई कारबाही गर्ने भन्दै बुधवार विज्ञप्ति नै निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077