Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डेढ लाख भन्दाबढी रकमसहित जुवाखालबाट ७ जना पक्राउ

कैलाली । वडा प्रहरी कार्यालय धनगढीले शुक्रबार साँझ जुवा खेल्ने र खेलाउने गरी ७ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ चौराह स्थित आनन्द केसीको घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक लाख ६४ हजार ३८० नगद रुपैयाँ, ९ थान मोवाईल, ३ गड्डी तास, तन्ना १ थान र दन १ थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । केसीको घरमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट इन्स्पेक्टर ढुङ्गानाको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का आनन्द केसी, वडा नं. ४ बस्ने दिपेन्द्र भण्डारी, वडा नं. १३ बस्ने रमेश खड्का, वडा नं. ३ बस्ने मन्नामे बिष्ट, गोदावरी नगरपालिका-२ बस्ने अम्मर बिष्ट, बाजुराको हिमाली गाउँपालिका-४ का चक्र मल्ल, बझाङ दुर्गाथली गाउँपालिका-४ बस्ने ऐन भण्डारी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077