Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख घिमिरे र आयरल्याण्डका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

काठमाडौं सभामुख देवराज घिमिरे आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सबीच शिष्टाचार भेटवार्ता भएको उनीहरुबीचशुक्रवार राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमाछलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए। भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्धविस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताएका थिए।

सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठबनाएको ,’ उनले भनेका थिए।

सभामुख घिमिरेले नेपाल आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिकरहेको उल्लेख गरे। ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन्। लोकतन्त्र, मानवअधिकार, विधिको शासन स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077