Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिनियाँ राष्ट्रपति सीले गरे १९ औँ एसियाली खेलकुदको उद्घाटन

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।

चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सीले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे ।

कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपाली प्रधानमन्त्री प्रचण्ड लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077